Genesis 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सूर्य अस्‍तायो र अँध्‍यारो भयो। अचानक एउटा धुवाँ निस्‍किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य अस्‍ताएपछि जब अँध्‍यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्‍यो, र ती टुक्राहरूका बीचबाट भएर गयो।
Nepali ERV (पवित्र बाइबल)
जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।