Genesis 16:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले छोरो जन्‍माउनेछस् र त्‍यसको नाम इश्‍माएल राख्‍नू किनभने परमप्रभुले तेरो दु:खको पुकारा सुन्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दूतले त्‍यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ इश्‍माएल राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्‍टको पुकार सुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।