Genesis 16:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राम हागारसित सुते र त्‍यो गर्भवती भई। आफू गर्भवती भएको थाहा पाएर हागार घमण्‍डी भई र साराईलाई हेप्‍न लागी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई। जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली।
Nepali ERV (पवित्र बाइबल)
हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो।