Genesis 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब साराईले अब्रामलाई भनिन्, “तपाईंले गर्दा हागारले मलाई तुच्‍छ ठान्‍छे। मैले नै त्‍यसलाई तपाईंलाई दिएकी थिएँ। त्‍यसले आफू गर्भवती भएको चाल पाएपछि मलाई तुच्‍छ ठानेकी छे। तपाईं र मेरो बीचमा को ठीक छ भनी परमप्रभुले नै न्‍याय गरिदेऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्‍टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”
Nepali ERV (पवित्र बाइबल)
तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”