Genesis 17:12 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्तान होइनन्, चाहे घरमा जन्मेको होस् अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,
Nepali ERV (पवित्र बाइबल)
जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।