Genesis 17:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उसलाई आशिष् दिनेछु र उसबाट तँलाई एउटा छोरो दिनेछु। म उसलाई आशिष् दिनेछु र ऊ जाति-जातिका आमा हुनेछे र उसबाट जन्‍मेका सन्‍तानमा राजाहरू पनि हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई आशिष् दिनेछु, र म निश्‍चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्‍न हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”