Genesis 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्तानको हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले प्रवास गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्वर हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि संधैका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”