Genesis 18:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना छोरा-नातिहरूलाई मेरा आज्ञा मान्‍न र जे कुरा ठीक र न्‍यायसङ्गत छ, सो गर्न आदेश देओस् भनी मैले अब्राहामलाई चुनेको हुँ। तिनीहरूले त्‍यसो गरे भने मैले प्रतिज्ञा गरेका सबै कुराहरू उसको लागि पूरा गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्‍यसले आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर मैले त्‍यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”