Genesis 18:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निश्‍चय नै अपराधीहरूसँग तपाईंले निर्दोषीहरूलाई मार्नुहुन्‍न। त्‍यसो हुन सक्‍दैन! तपाईंले त्‍यसो गर्न सक्‍नुहुन्‍न। तपाईंले त्‍यसो गर्नुभयो भने अपराधीहरूसित निर्दोषहरूले पनि दण्‍ड पाउनेछन्। त्‍यो हुन नसक्‍ने कुरा हो। सारा पृथ्‍वीका न्‍यायकर्ताले ठीकसँग न्‍याय गर्नुहुन्‍न र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्‍यै नहोस्‌। धर्मीको दशा पनि दुष्‍टको जस्‍तै हुनु त तपाईंबाट पर रहोस्‌। सारा पृथ्‍वीका न्‍यायकर्ताले उचित न्‍याय गर्नुहुन्‍न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?”
Nepali ERV (पवित्र बाइबल)
साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”