Genesis 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उत्तर दिनुभयो, “मैले सदोममा पचास जना निर्दोष मानिसहरूलाई पाएँ भने तिनीहरूको खातिर म पूरा सहर नै छोडिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्‍मैलाई छोड़िदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्‍नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”