Genesis 18:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पचास जनाका सट्टामा पैँतालीस जना मात्र निर्दोष मानिसहरू पाइएलान्। तब के पाँच जना कम हुँदा सारा सहरै नाश पार्नुहुन्‍छ र?” परमप्रभुले उत्तर दिनुभयो, “पैँतालीस जना निर्दोष मानिसहरू पाएँ भने म सहरलाई नाश गर्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले पैतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”