Genesis 18:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले भने, “रिसानी माफ गर्नुहोला परमप्रभु, म फेरि बिन्ती नगरी सक्दिनँ। तीसै जना मात्र भए नि, कसो गर्नुहुनेछ?” उहाँले भन्नुभयो, “तीस जना पाए पनि म नाश गर्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?” उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब अब्राहामले भने, “परमप्रभु दया गरी मसंग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”