Genesis 18:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले भने, “परमप्रभु, अब एकचोटि बिन्‍ती गर्छु, रिसानी माफ गर्नुहोला, दशै जना मात्र पाइए भने कसो होला?” उहाँले भन्‍नुभयो, “दश जना छन् भने पनि म नाश गर्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?” अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”