Genesis 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हतारसित पालमा पसेर उनले सारालाई भने, “चाँडो गर, एक थैलो सबैभन्दा असल आँटा लिएर केही रोटी बनाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।”
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।”