Genesis 18:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले केही मखन, दूध र त्‍यो मासु लगी ती मानिसहरूका अघि भोजन टक्र्याए। त्‍यहाँ रूखमुनि उनले तिनीहरूलाई खाना टक्र्याए र तिनीहरूले खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यही उभिरहे।