Genesis 19:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलुका ती दुई स्‍वर्गदूतहरू सदोम आइपुग्‍दा लोत सहरको मूल-ढोकानिर बसिरहेका थिए। तिनीहरूलाई देख्‍ने बित्तिकै उनी उठे र तिनीहरूलाई भेट्‍न गए। तिनीहरूको सामु उनले शिर निहुराए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझमा ती दुई स्‍वर्गदूतहरू सदोममा आए। त्‍यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरी भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दुई स्वर्गदूतहरू साँझतिर सदोममा आइपुगे; अनि लोतचाहिँ सहरको मूलढोकामा बसिरहेका थिए। जब लोतले तिनीहरूलाई देखे, तब तिनी तिनीहरूलाई भेट्न उठे; अनि भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे।