Genesis 19:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्‍दा दोषहरूका बारेमा सुन्‍नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामी यस ठाउँलाई नष्‍ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अब हामी यस ठाउँलाई नाश गर्न लागेका छौँ। किनभने याहवेहको अगि उठेको यहाँका मानिसहरूको विरुद्धमा आएको आरोप यति ठूलो भएको छ कि उहाँले हामीलाई यस ठाउँलाई नाश गर्न पठाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”