Genesis 19:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब लोत आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने पुरुषहरूकहाँ गए र भने, “चाँडो गर र यहाँबाट निस्किहाल। परमप्रभुले यस ठाउँलाई नाश पार्नुहुनेछ।” तर लोतले ठट्टा गरेका होलान् भनी तिनीहरूले सोचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण लोत बाहिर गए, र आफ्ना छोरीहरूसित मगनी भएका जुवाइँहरूलाई यो कुरा बताए। तिनले भने, “चाँडो गरी यस ठाउँबाट निस्केर जाओ; किनकि याहवेहले यस सहरलाई नाश गर्न लाग्नुभएको छ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेजस्तो लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।