Genesis 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिरमिरे उज्यालो हुँदा ती स्वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्वास्नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्यानचाहिँ जानेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”