Genesis 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोतले आले-टाले गरिरहे। तर परमप्रभुले उनलाई टिठ्याउनुभयो, यसकारण ती दुई मानिसहरूले तिनका, तिनकी स्वास्नीका र दुई छोरीहरूका हात समाती तानेर तिनीहरूलाई सहरदेखि बाहिर ल्याइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले आनाकानी गरे, तब याहवेह तिनीहरूप्रति कृपालु हुनुभएकोले ती मानिसहरूले तिनकी पत्नी र दुई छोरीहरूका हात समाते, र तिनलाई सुरक्षित सहरबाहिर पुर्याए।
Nepali ERV (पवित्र बाइबल)
तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो।