Genesis 19:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एउटा दूतले भने, “ज्यान बचाउन दगुर। पछि फर्केर नहेर्नू अनि बेसीमा नअडिनू। दगुरेर पहाडतिर भाग र मात्र तिमीहरू मर्नेछैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई बाहिर निकालेर ल्याउनसाथ ती दुईमध्ये एकले भने, “आफ्नो ज्यान जोगाउनलाई भागिहाल! आफ्नो पछिल्तिर फर्केर नहेर, र समथल भूमिमा कतै नरोकिनू! पहाडहरूतिर भागेर जाऊ, नत्रता तिमीहरू भस्म हुनेछौ!”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती दुइ स्वर्गदूतहरुले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फकेर्र नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”