Genesis 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँडो गर, दगुर, तिमीहरू त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” लोतले त्यस सहरलाई सानो छ भनेको हुनाले त्यसको नाम सोअर राखियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर चाँडो गरी त्यहीँ भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ।” (त्यसैकारण त्यस नगरलाई सोअर भनियो।)
Nepali ERV (पवित्र बाइबल)
तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुञ्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ ‘सोअर’ हो।)