Genesis 19:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मुन्‍तिर सदोम र गमोरालाई र सम्‍पूर्ण बेसीलाई हेरे र त्‍यहाँबाट धुवाँ ठूलो आगोको भट्टिको धुवाँजस्‍तै उँभो उठिरहेको देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्‍गातिर हेरे। र त्‍यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्‍तै मास्‍तिर उठिरहेको तिनले देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयंकर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।