Genesis 19:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्‍वरले लोतले बास गरेका बेसीमा ती सहरहरू नाश पार्नुहुँदा उहाँले अब्राहामलाई सम्‍झनुभयो र लोतलाई कुशल ठाउँमा जान दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्‍वरले अब्राहामलाई सम्‍झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्‍ट पार्नुहुँदा त्‍यस सर्वनाशको बीचबाट लोतलाई निकाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी परमेश्‍वरले समथल भूमिका सहरहरू नाश गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो, तब उहाँले लोत बसिरहेका ती सहरहरूलाई नाश गर्नुभन्दा अगि लोतलाई त्यस ठाउँबाट सकुशल बाहिर निकाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।