Genesis 19:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई बिन्‍ती गरिरहे र अन्‍तमा तिनीहरू उनीसँग उनको घर गए। लोतले आफ्‍ना चाकरहरूलाई पाहुनाका निम्‍ति केही रोटी बनाएर असल खाना तयार गर्न लाए। खाना तयार भएपछि तिनीहरूले खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई ज्‍यादै ढिपी लाएर बिन्‍ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्‍ने राखिदिए, र उनीहरूले खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर लोतले धेरै कर गरिरहे, त्यसैले तिनीहरू लोतसित गए, र तिनको घरभित्र पसे। तिनले तिनीहरूका निम्ति खमिर नमिसाइएको रोटी पकाएर भोजन तयार पारे; अनि तिनीहरूले खाए।
Nepali ERV (पवित्र बाइबल)
तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।