Genesis 19:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस रात तिनीहरूले उनलाई मद्य खुवाए र ठूली छोरी उनीसित सुती। राती औधी मातेको हुनाले लोतले केही थाहा पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्ना पिताकहाँ गएर सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि जेठीचाहिँ गएर आफ्ना बुबासित सुती। आफ्नी छोरी आफूसँग सुत्न कहिले आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
Nepali ERV (पवित्र बाइबल)
त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।