Genesis 19:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट ठूली छोरीले बहिनीलाई भनी, “म हिजो राती बुबासँग सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं र तँ उहाँसित सुत्। तब हामी दुवैले आफ्ना बुबाको सन्तान जन्माउनेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट जेठीले कान्छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्, र हामी आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनी, “हेर, हिजो राति म आफ्नो बुबासित सुतेँ। आज पनि उहाँलाई मद्य पियाऔँ, र हाम्रो वंश जोगाउन आज रातिचाहिँ तिमी भित्र गएर उहाँसित सुत।”
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”