Genesis 19:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी त्‍यो रात तिनीहरूले बुबालाई मद्य खुवाए र सानी छोरी उनीसित सुती। फेरि पनि औधी मातेको हुनाले उसले केही थाहा पाएनन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनीहरूले त्‍यस रात पनि आफ्‍ना पितालाई दाखमद्य खुवाए, र कान्‍छीचाहिँ गएर उहाँसित सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी त्यस रात पनि तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि कान्छी छोरी गएर तिनीसित सुती। अनि आफ्नी कान्छी छोरी आफूसँग सुत्न कतिखेर आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
Nepali ERV (पवित्र बाइबल)
त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साह्रो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।