Genesis 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, मेरा दुई छोरीहरू छन्, तिनीहरू अझै कन्या नै छन्। म ती दुईलाई बाहिर निकालिदिनेछु। तिमीहरूलाई जे मन पर्छ, त्यो तिनीहरूसँग गर्न सक्छौ। तर यी मानिसहरूलाई केही नगर, यिनीहरू मेरो घरका पाहुना हुन् र मैले तिनीहरूको रक्षा गर्नैपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, कुनै पनि मानिसले कहिल्यै नछोएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई तपाईंहरू सामु बाहिर ल्याउँछु, र तपाईंहरूलाई जस्तो इच्छा लाग्छ, तिनीहरूसित त्यस्तै व्यवहार गर्नुहोस्। तर बिन्ती छ, यी मानिसहरूलाई केही नगर्नुहोस्; किनकि तिनीहरू मेरो संरक्षण र छानामुनि आएका मेरा पाहुना हुन्।”
Nepali ERV (पवित्र बाइबल)
सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”