Genesis 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो।