Genesis 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभु परमेश्‍वरले जमिनबाट माटो लिनुभयो र त्‍यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
Nepali ERV (पवित्र बाइबल)
तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।