Genesis 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले त्‍यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।