Genesis 20:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण जब परमेश्वरले मलाई आफ्ना बुबाका घरदेखि अर्काको देशमा परदेशी हुन पठाउनुभयो, मैले सारालाई भनेको थिएँ, ‘हामी जहाँजहाँ जान्छौं, तिमीले मलाई आफ्ना दाजु भनेर आफ्नो भक्ति देखाऊ है’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब परमेश्वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्नू।” ’ ”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।”