Genesis 20:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] अब्राहामकी स्वास्नी सारासित जे भएको थियो, त्यसले गर्दा परमप्रभुले, अबीमेलेकका राजमहलका सबै स्त्रीहरूमा गर्भ बन्द गरिदिनुभएको थियो। यसकारण अब्राहामले प्रार्थना गरे र परमेश्वरले अबीमेलेकलाई निको पार्नुभयो। उहाँले उनकी स्वास्नी रानी र कमारी केटीहरूलाई पनि निको पार्नुभयो र तिनीहरू सन्तान जन्माउन सक्ने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे, र परमेश्वरले अबीमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्माउन सकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे; अनि परमेश्वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।