Genesis 20:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍नी स्‍वास्‍नी सारालाई मेरी बहिनी हो भने। त्‍यसो हुँदा गरारका राजा अबीमेलेकले सारालाई आफूकहाँ ल्‍याउन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ अब्राहामले आफ्‍नी पत्‍नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्‌।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे।
Nepali ERV (पवित्र बाइबल)
जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।