Genesis 20:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त्यस स्त्रीलाई उसको पतिकहाँ फर्काइदे। ऊ एउटा अगमवक्ता हो। उसले तेरो लागि प्रार्थना गर्नेछ र तँ मर्नेछैनस्। तर उसकी स्वास्नी फर्काइदिइनस् भने म यो चेतावनी तँलाई दिँदछु कि तँ र तेरा सारा प्रजा पनि मर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्नेछस्। तर त्यसलाई फर्काइदिइनस् भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्चय नै मर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”