Genesis 21:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्‍यसको छोरालाई कतै पठाइदिनुहोस्‌, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्‍पत्तिको कुनै हिस्‍सा त्‍यसका छोराले पाउनुहुन्‍न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”
Nepali ERV (पवित्र बाइबल)
साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”