Genesis 21:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्न लागी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।