Genesis 21:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू सय मिटरजति टाढा गएर बसी। त्‍यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्‍दिनँ।” त्‍यो त्‍यहाँ बसेर रुन लागी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो एक काँड हान्‍ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।
Nepali ERV (पवित्र बाइबल)
तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।