Genesis 21:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले बालक रोएको सुन्नुभयो र स्वर्गबाट परमेश्वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्यो? नडरा। परमेश्वरले बालक रोएको सुन्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरले त्यो बालक रोइरहेको सुन्नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्वरले त्यसको सोर सुन्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।