Genesis 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्‍वरले त्‍यसका आँखा खोलिदिनुभयो र त्‍यसले एउटा इनार देखी। त्‍यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कूवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।