Genesis 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमेश्‍वरको सामु यहाँ तपाईंले मलाई मेरा छोरा-छोरीहरूलाई र तिनका सन्‍तानहरूलाई समेत छल्‍ने काम गर्नेछैनौ भनी शपथ खानुहोस्‌। म तपाईंसित विश्‍वासयोग्‍य रहेको छु। यसकारण तपाईं पनि म र यो तपाईंले बास गरेको देशसित विश्‍वासयोग्‍य रहनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यहाँ मसित परमेश्‍वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्‍यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्‍नुभएको देशसँग व्‍यवहार गर्नुहोला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब परमेश्‍वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्‍नुभएको देशलाई दया देखाउनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”