Genesis 22:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दूतले भने, “केटोलाई हात नलगा, त्‍यसलाई केही नगर्‌। मैले अब जानें कि तैँले परमेश्‍वरको डर मान्‍दोरहेछस् किनभने तैँले आफ्‍नो एउटै छोरालाई पनि उहाँदेखि अलग गरी बचाइराख्‍न चाहिनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”