Genesis 22:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले चारैपट्टि हेरे र एउटा झाडीमा सिङ अल्‍झेर अड्किरहेको एउटा साँढ-भेडा देखे। उनले गएर त्यस भेडा ल्‍याए र छोराको सट्टामा त्‍यसलाई होमबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेड़ालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए।
Nepali ERV (पवित्र बाइबल)
तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।