Genesis 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्‍नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँमा जान तिनीहरू हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्‍ना कमाराहरूमध्‍येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्‍ति दाउरा चिरेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्‍यस ठाउँमा हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे।
Nepali ERV (पवित्र बाइबल)
बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसंग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।