Genesis 23:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हजुर, सुन्नुहोस्, त्यो सम्पूर्ण खेत र त्यसमा भएका ओडार म तपाईंलाई दिन्छु। मेरा दाजुभाइहरूका सामुन्ने म त्यो तपाईंलाई दिन्छु, तपाईंले त्यहाँ आफ्नी पत्नी गाड्न सक्नुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओड़ार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईंलाई दिन्छु। तपाईं आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; म तपाईंलाई जमिन दिने मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
“होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”