Genesis 23:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कृपा गरी मेरो कुरा सुन्नुहोस्। म त्यो सम्पूर्ण खेत किन्छु। मैले दिएको दाम लिनुहोस् र म त्यहाँ मेरी पत्नीलाई गाड्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंको मन्जूरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईंले स्वीकार गर्नुहोस्, र त्यहाँ म यो लाश गाड्न पाऊँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले सबैले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।”