Genesis 23:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम राजी भए र एप्रोनले सबैले सुन्‍ने गरी भनेको दाम चार सय चाँदीका टुक्रा व्‍यापारीहरूले चलाउने ओजनअनुसार त्‍यहाँ तौलिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले एप्रोनको कुरा मन्‍जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्‍ने उनले भनेबमोजिम, व्‍यापारीहरूमा जुन तौल प्रचलित थियो, त्‍यहीअनुसार चाँदीका चार सय सिक्‍का जोखी-जोखीकन उनलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हित्तीहरूले सुन्‍ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।