Genesis 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मक्‍पेलाको ओडार मलाई किन्‍न दिनुहोस्। यहाँ तपाईंहरूकै सामुन्‍ने त्‍यसको पूरा दाम लिएर त्‍यो ओडार मलाई बेच्‍न भनिदिनुहोस् र त्‍यो चिहानबारीको अधिकार मैले पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि उनले आफ्‍नो निजी मक्‍पेलाको ओड़ार मलाई बेचून्‌। त्‍यो उनका खेतको छेवैमा छ। त्‍यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्‌ने ठाउँको निम्‍ति उनले त्‍यो जग्‍गा मेरो अधिकारमा देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।”