Genesis 24:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामको घरसम्‍पत्ति जिम्‍मा लिएको त्‍यस चाकरले मालिकका दश वटा ऊँटहरू लियो र मेसोपोटामिया देशको उत्तरमा नाहोरको देशको सहरमा गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि त्‍यो नोकर आफ्‍ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर गयो, र नाहोर भन्‍ने नगरतिर बाटो लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्‌यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।